
काठमाडौँ । भारतको धार्मिक स्वतन्त्रताको अवस्थाप्रति अमेरिकी आयोगले चासो व्यक्त गरेको छ ।
भारतले विगतमा कडा आलोचना गरेको संस्था अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी अमेरिकी आयोग (युएससीआईआरएफ) ले घृणापूर्ण भाषण, विध्वंस र धर्मान्तरण विरोधी कानुनमा भएको कथित वृद्धिलाई उद्धृत गर्दै भारतको धार्मिक स्वतन्त्रताप्रति चासो व्यक्त गरेको हो ।
आयोगले विश्वभरका धार्मिक स्वतन्त्रताको वार्षिक सर्वेक्षण प्रतिवेदन तयार गर्दछ र लगभग २०० देश र क्षेत्रहरूमा तथ्य–आधारित धार्मिक स्वतन्त्रताको अवस्थाबारे जानकारी प्रदान गर्ने लक्ष्य राख्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल सुरु गरेको केही हप्तापछि आयोगले यो भनाई सार्वजनिक गरेको हो । यसअघि मे महिनामा,सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० लाई भेदभावपूर्ण राष्ट्रवादी नीतिहरूलाई बलियो बनाएको आरोप लगाएको भन्दै युएससीआईआरएफको यस्तै प्रतिवेदनलाई भारतले अस्वीकार गरेको थियो ।
‘युएससीआईआरएफ राजनीतिक एजेन्डा भएको पक्षपाती सङ्गठनका रूपमा चिनिन्छ । उनीहरूले वार्षिक प्रतिवेदनको भागको रूपमा भारतको भेषमा आफ्नो प्रचार जारी राख्छन्’ भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले पत्रकार सम्मेलनमा भन्नुभयो ।
‘भारतमा हामीले धर्मान्तरण विरोधी कानुन, घृणापूर्ण भाषण, अल्पसङ्ख्यक धार्मिक समुदायका सदस्यहरूका लागि चिन्ताजनक अवस्था देख्यौ’ अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले सोमबार वासिङ्टनमा एक कार्यक्रममा भन्नुभयो ।
अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी राजदूत रसद हुसेनले पनि भारतको अवस्थाबारे चिन्ता व्यक्त गर्नुभएको छ ।
‘भारतमा इसाई समुदायले स्थानीय प्रहरीले धर्मान्तरण गतिविधिको आरोपमा पूजाआजा अवरुद्ध गर्ने समुदायलाई सहयोग गरेको र आक्रमण गर्दा धर्मान्तरणको आरोपमा पीडितलाई पक्राउ गरेको विवरण आउनु चिन्ताजनक विषय हो’ राजदूत हुसेनले भन्नुभयो ।
युएससीआईआरएफले सन् २०२३ मा मुस्लिम, इसाई, शिख, दलित, यहुदी र आदिवासीलाई असर गर्ने साम्प्रदायिक हिंसालाई सम्बोधन गर्न भारत सरकार चुकेको आरोप लगाएको छ ।
प्रतिवेदनको विस्तृत खण्डमा कथित भारतमा धार्मिक अल्पसङ्ख्यकविरुद्ध लक्षित आक्रमण पनि उल्लेख गरिएको छ । प्रतिवेदनले भारतको धार्मिक स्वतन्त्रताको अवस्थामा धेरै चिन्ता व्यक्त गरेको छ ।
यसले धेरै राज्यमा धार्मिक रूपान्तरण कानुनी रूपमा निषेधित गरिएको, धार्मिक अल्पसङ्ख्यकलाई नियमित रूपमा आक्रमण गरिने र मुस्लिमले प्रणालीगत भेदभावको सामना गर्नुपरेको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन