
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सूर्य थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको छ । एमालेका युवा नेता थापाले शुक्रबार ललितपुरको बालकुमारीमा भएको हिंसात्मक घटनालाई लिएर गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नु भएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर बालकुमारीमा प्रदर्शनमा गरिरहेकाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी आगजनी गरेपछि घटना हिंसात्मक बनेको हो । मन्त्रीको गाडीमा आगजनीपछि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार र गोली प्रहार गरेको थियो । प्रहरीको लाठीचार्ज र गोली प्रहारबाट डोटीका २२ वर्षीय वीरेन्द्र शाह र दैलेखका २३ वर्षीय सुजन राउतले जीवन गुमाएका छन् ।
घटना छानविन गर्न गृह मन्त्रालयले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानविन समिति बनाएको छ । एमालेका युवा नेता थापाले सामाजिक संजालमार्फत घटना छानविन गर्न समिति बनाएर मात्र नहुने गृहमन्त्री श्रेष्ठले राजीनामा नै दिनुपर्ने सुझाव दिनुभएको छ । ‘छानविनको नाटक बन्द गर, बेरोजगार युवाको हत्यारा नारनकाजी तत्तकाल राजीनामा गर’ उहाँले सामाजिक संजालमा लेख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो