
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले देशबाट पोलियो भाइरस उन्मूलन गर्ने सङ्कल्प व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार यस्तो सङ्कल्प गर्नुभएको उहाँको कार्यालयले बताएको छ ।
बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका सहअध्यक्ष बिल गेट्स र स्थानीय अधिकारीहरूका साथमा पोलियो उन्मूलनसम्बन्धी राष्ट्रिय कार्यदलको बैठकको अध्यक्षता गर्दै सरिफले महत्त्वपूर्ण प्रगतिका लागि अग्रपङ्क्तिमा कार्यरत कर्मचारी, सरकारी नेतृत्व र साझेदारको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले पोलियो उन्मूलन कार्यक्रममा गेट्स फाउन्डेसनको प्रमुख साझेदारी र लामो समयदेखि सहयोग गरेकोमा प्रशंसा गर्दै यो भाइरस सर्ने र बालबालिकालाई पक्षाघात भइरहँदासम्म यसको निर्मूलनका लागि सरकारको पहल पूर्णरूपमा जारी रहने बताउनुभयो ।
सन् २०२४ मा पाँच पोलियो केस र एक सय ८५ वातावरणीय नमूना पोलियोभाइरस पोजिटिभ भएको रिपोर्ट आउनुलाई ठूलो चिन्ताको विषय भएको भन्दै उहाँले पोलियो खोप टोलीलाई सुरक्षा दिन र राष्ट्रिय प्रयासलाई तीव्रता दिन पाकिस्तानमा सबै स्रोत परिचालन गर्न निर्देशन दिनुभयो ।
बिल गेट्सले आफ्नो टिप्पणीमा जटिल चुनौतीको सामना गर्दै पोलियो उन्मूलन गर्ने देशको प्रयास सबैको स्वास्थ्य सुधारमा संलग्न सबैको कडा परिश्रम र समर्पणको एउटा उदाहरण हुने भन्नुभयो ।
‘म विश्वस्त छु कि सँगै काम गर्न जारी राखेर, नवीन दृष्टिकोण लागू गरेर र सतर्क रहँदा पाकिस्तानले पोलियो अन्त्य गर्न ठूलो प्रगति गर्नेछ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन