
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले बताएको छ । यद्यपि उसले भ्रमणको निश्चित मिति दिन अस्वीकार गरेको छ ।
दुई वर्षभन्दा धेरै समयअघि मस्कोले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि यो मोदीको पहिलो रुस भ्रमण हुनेछ । द्वन्द्वले मस्को र नयाँदिल्लीबीचको सम्बन्धको परीक्षण गरेको छ ।
‘हामीले भ्रमणको तयारी गरिरहेका छौँ, हामी तपाईंलाई समयमै सूचित गर्नेछौँ’ भारतीय र रुसी सञ्चारमाध्यमा मोदीले जुलाईको शुरुमा मस्कोको भ्रमण गर्ने योजना बनाइरहेको बारे प्रश्न गर्दा क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र मोदीलाई सम्भावित कूटनीतिक र आर्थिक सहयोगीका रूपमा हेर्नुहुन्छ तर युक्रेनमाथि रुसको आक्रमणले सम्बन्ध जटिल बनाएको छ ।
सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानमा भएको क्षेत्रीय शिखर सम्मेलनमा पुटिन र मोदीबीचको बैठकमा रुसी राष्ट्रपति पुटिनले मोदीसँग आफूले द्वन्द्वका बारेमा ‘चिन्ता’ रहेको बुझेको र मोदीले यसलाई ‘जतिसक्दो चाँडो’ अन्त्य गर्न चाहेको बताउनुभएको थियो ।
भारतीय नागरिक रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएको जस्ता समाचार आएपछि यसै वर्षको प्रारम्भमा भारतले रुसमा आफ्ना केही नागरिकलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो ।
यसले भारतीयहरूसँग ‘यो द्वन्द्वबाट टाढा रहन’ आग्रह गरेको छ । यद्यपि नयाँदिल्ली पनि किएभको कट्टर समर्थक भएको छैन । विशेषगरी यसै महिनाको सुरुमा स्विट्जरल्यान्डमा एक शान्ति शिखर सम्मेलनमा संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्न भारतले अस्वीकार गरेको थियो । विज्ञप्तिमा कुनै पनि शान्ति सम्झौतामा युक्रेनको क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गरिएको थियो ।
भारत पनि रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । पश्चिममा रुसलाई परम्परागत बजारबाट विच्छेद गराएपछि त्यसलाई भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ ।
हालै ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएका प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०१९ सेप्टेम्बरमा सुदूर पूर्वी सहर भ्लाडिभोस्टकमा भारत–रुस वार्षिक शिखर सम्मेलनका लागि रुसको भ्रमण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन