
काठमाडौँ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एक वर्ष भन्दा कम समयमा ४।५ मिलियन अमेरिकी डलर लगानीका १ सय ५० वटा कृषि तथा पूर्वाधार परियोजनाको निर्माण कार्य शुरु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
परियोजनामा जलाशय बाँध, सडक, सुरक्षात्मक पर्खाल र पानी नहरहरू, साथै प्रान्तको एन्जेल, गुजारा र जेन्डाजन जिल्लाका छेउछाउका कुवा समावेश रहेको हेरातको प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इल्यासले बताउनु भयो ।
सार्वजनिक उपयोगिताका परियोजना कार्यान्वयन गरेर छ हजार गाउँलेका लागि रोजगारीको अवसर सिर्जना गरिएको इल्यासले भन्नु भयो । स्थानीय अधिकारीहरूले प्रान्तमा सन्तुलित विकास, रोजगारी सिर्जना र जनताको जीविकोपार्जन सुधारमा ध्यान दिएका छन् ।
अफगान कार्यवाहक सरकारले आर्थिक चुनौति सामना गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले युद्धग्रस्त देशभरि थप कृषि र पूर्वाधार परियोजना शुरु गर्ने योजना बनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन