
काठमाडौँ । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकको एउटा विमानस्थलमा सोमबार बम हान्ने धम्की इमेल प्राप्त भएको छ ।
यसले अधिकारीहरूलाई खोजी अभियान शुरु गर्न प्रेरित गरेको छ । प्रहरीका अनुसार बम पत्ता लगाउने तथा डिस्पोजल टोलीसहित स्निफर कुकुरलाई विमानस्थल परिसरमा लगिएको थियो । तर अन्तिम रिपोर्ट नआएसम्म जारी रहेको खोजीका क्रममा शङ्कास्पद केही पनि फेला परेको छैन ।
कालाबुर्गी विमानस्थल कर्नाटकको राजधानी बेङ्गलुरुबाट लगभग ६ सय १७ किलोमिटर उत्तरमा छ । एक वरिष्ठ प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई भन्नुभयो– ‘विमानस्थल निर्देशकलाई एक अज्ञात प्रेषकबाट एउटा इमेल प्राप्त भयो, जसमा विमानस्थल परिसरभित्र बम राखिएको दाबी गरिएको थियो । उहाँले मेल प्रेषकले शक्तिशाली बम प्रयोग गरेर पूरै विमानस्थल विस्फोट गर्ने धम्की दिएको बताउनुभयो ।’
गत साता भारतका ४१ विमानस्थल र मुम्बई सहरका ५० भन्दा बढी अस्पतालले बम भएको चेतावनी इमेल प्राप्त गरेका थिए । तर पछि ती सबै होक्स (फेक) कल भएको पाइएको छ ।
विमानस्थलमा बढ्दो होक्स बम धम्कीको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय ब्यूरो अफ सिभिल एभिएसन सेक्युरिटीले यस्ता धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको छ ।
दुई महिनामा राष्ट्रिय राजधानी क्षेत्र दिल्ली लगायत देशभरका विद्यालय, विमानस्थल र अस्पतालमा होक्स (फेक) बम धम्कीको शृङ्खला पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै