
काठमाडौँ । इजरायलले अमेरिकासँगको हतियार विवाद छिट्टै सुल्झाउने भएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद छिट्टै सुल्झाइने बताउनुभएको छ । ‘अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरणहरू पायौं, तर आधारभूत अवस्था परिवर्तन भएन ।’ नेता नेतन्याहूले मन्त्रिपरिषद् बैठकमा भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘मैले अन्तिम दिनमा जे सुनेको छु, त्यसको आलोकमा म आशा र विश्वास गर्दछु । निकट भविष्यमा यो मुद्दा समाधान हुनेछ ।’ उहाँले भन्नुभयो– ‘महिनौंसम्म यो परिस्थितिमा कुनै परिवर्तन नआएपछि मैले यसलाई सार्वजनिक अभिव्यक्ति दिने निर्णय गरेको थिएँं ।’
नेतन्याहूले यसै साताको सुरुमा एक भिडियो वक्तव्य जारी गर्दै ‘इजरायललाई हातहतियार र गोलाबारुद रोकेको’ आरोप अमेरिकामाथि लगाउनुभएको थियो । अमेरिकी अधिकारीले नेतन्याहूको भनाइबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट गाजा युद्धबारे वार्ताका लागि वासिङ्टन उडेका बेला नेतन्याहूको पछिल्लो टिप्पणी आएको हो ।
गाजामा हमासका लडाकूसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाईँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको बिहीबार इजरायली प्रधानमन्त्रीले बताउनुभएको थियो ।
वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक हो तर ह्वाइट हाउसले इजरायलले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन