
काठमाडौँ । भारतमा विषाक्त मदिरा सेवनबाट जीवन गुमाउनेको सङ्ख्या ५३ पुगेको छ ।
तमिलनाडु राज्यका मुख्यमन्त्री एम।के स्टालिनले मङ्गलबार मदिरा पिएका ३७ जनाको केही घण्टाभित्रै मृत्यु भएको र अन्य दर्जनौँ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको छ ।
स्थानीयस्तरमा उत्पादन गरेको मदिरामा विषाक्त मेथानोल मिसाइएको पुष्टि भएको उहाँले बताउनुभयो । रक्सी पिउने १०० भन्दा बढी मानिसहरूलाई अस्पताल लगिएको थियो ।भारतमा ब्याकस्ट्रिट डिस्टिलरीहरूमा बनेको सस्तो मदिराबाट हरेक वर्ष सयौं मानिसहरू मर्छन्, तर यो विषाक्तता हालका वर्षमा थप भयानक दखिएको छ । मदिराको शक्ति बढाउन मिसाइने पदार्थ मेथानोलले अन्धोपन, कलेजोको क्षति र मृत्यु निम्त्याउन सक्छ ।
कल्लाकुरिची जिल्लाका गरिब मजदूरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ मूल्य पर्ने मदिरा किन्ने र काम गर्नु अघि पिउँने र यसैको नशामा काम गर्ने गरेको इन्डियन एक्सप्रेस पत्रिकाले आइतबार उल्लेख गरेको छ ।
मदिरा सेवनपछि कतिपयले आँखा देख्न नसकेको बताएका थिए भने कतिपय बेहोस भई सडकमै ढलेका र उनीहरूमध्ये केहीको तत्काल मृत्यु भएको थियो । कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी एम।एस प्रशान्तले घटनासँग सम्बन्धित व्यक्तिमध्ये शनिबारसम्ममा ५३ जनाको मृत्यु भएको बताउनुभएको छ । केही भारतीय सञ्चारमाध्यमले आइतबार मृतकको सङ्ख्या ५५ पुगेको बताएका थिए तर यसको कुनै आधिकारिक पुष्टि भएको छैन ।
प्रशान्तले नक्कली मदिरा त्रासदीसँग सम्बन्धित सात जनालाई पक्राउ गरिएको बताउनुभयो । इन्डियन एक्सप्रेसले बिहीबार विषालु पेय पदार्थको प्याकेट पिएर मृत्यु भएकाको पत्नि घरेलु कामदार कोलान्जीसँग कुरा गरेको थियो । उहाँका अनुसार स्थानीयले सरकारी पसलबाट मदिरा किन्न नसक्ने तर नशाका लागि दूषित मुनशाइन नामक पिउने गर्छन् ।
भारतका धेरै भागमा मदिरा बेच्न र सेवन गर्न निषेध गरिएको छ, जसले गर्दा घातक ब्याकस्ट्रिट मुनशाइनजस्ता पेय पदार्थको कालो बजार फस्ट्याएको छ । गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन