
काठमाडौँ। आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ ।
एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे ।
भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई–दुई विकेट लिए । हार्दिक पान्ड्यले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यसैगरी विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा कप्तान रोहित शर्माले २३ रन जोडे ।
बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई–दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन