
काठमाडौँ । आइसिसी टी-२० विश्वकपमा वेस्ट इण्डिजले अमेरिकामाथि सानदार जित निकालेको छ। शनिबार भएको सुपर आठ अन्तर्गतको खेलमा वेस्ट इण्डिजले ५५ बल बाँकी छँदै अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इण्डिजले १०.५ ओभरमा १ विकेट मात्रै गुमाएर पूरा गरेको हो। वेस्ट इण्डिजका ओपनर शाइ होप ८२ रन बनाएर नट आउट रहे । उनले ३९ बलमा ४ चौका र ८ छक्का हाने।
निकोलस पूरन २७ रन बनाएर नट आउट रहे। उनले १२ बलमा १ चौका र ३ छक्का हाने। १४ बलमा २ चौका हानेर १५ रन बनाएका जोनसन चार्ल्स अमेरिकाका हर्मित सिंहको बलमा मिलिन्ड कुमारबाट क्याच आउट भएका थिए।
पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा अल आउट हुँदै १२८ रन जोडेको थियो।
त्यस क्रममा एन्ड्रेस गोसले बनाएको २९ रन सर्वाधिक रह्यो। नितिश कुमारले २०, मिलिन्डकुमारले १९ रन बनाए। अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ वेस्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३/३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुडकेश मोटीले १ विकेट लिए।
जितसँगै सुपर आठको समूह दुईमा रहेको वेस्ट इण्डिज दोस्रो स्थानमा उक्लिएको छ। वेस्ट इण्डिजले अब सुपर आठको अन्तिम खेल दक्षिण अफ्रिकासँग खेल्नेछ।
सुपर आठमा अमेरिकाको यो लगातार दोस्रो हार हो । यसअघि दक्षिण अफ्रिकासँग पराजित भएको अमेरिकाको सेमिफाइन सम्भावना क्षीण बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन