
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले बिहीबार अमेरिकाले भारत र पाकिस्तानबिच प्रत्यक्ष छलफललाई समर्थन गर्ने बताउनुभएको छ । उहाँले छलफलको गति, दायरा र चरित्र पनि दुई देशको आपसी समझदारीमा निर्धारण गर्नुपर्ने बताउनुभयो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको र दुबै प्रधानमन्त्रीमा शान्ति प्रक्रिया शुरु गर्ने क्षमता रहेको विश्वास गर्ने अमेरिकी विशेषज्ञको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा मिलरले भन्नुभयो– ‘हामी भारत र पाकिस्तान दुबैसँगको सम्बन्धलाई महत्त्व दिन्छौँ र भारत– पाकिस्तानबीचको प्रत्यक्ष छलफललाई समर्थन गर्छौँ । तर, गति, दायरा र चरित्र ती दुई देशले निर्धारण गर्नुपर्छ, हामीले होइन ।’
जुन १० मा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले प्रधानमन्त्री मोदीलाई भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिनुभएको थियो । ‘तेस्रो पटक पदभार ग्रहण गरेकोमा मोदीजीलाई मेरो हार्दिक बधाई । हामी घृणालाई आशाले प्रतिस्थापन गरौं र दक्षिण एसियाका दुई अर्ब मानिसको भाग्य निर्धारण गर्ने अवसरको उपयोग गरौँ’ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले सामाजिक सञ्जाल एक्समामार्फत शुभकामना दिनुभएको थियो ।
नवाज सरिफको बधाई सन्देशको जवाफमा प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको सन्देशको प्रशंसा गर्दै भारतका जनता सधैँ शान्ति, सुरक्षा र प्रगतिशील क्षेत्रका लागि उभिएको उल्लेख गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन