
काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन शुरू गरिएको छ ।
चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको हो । चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उहाँकै छोरा सत्यराज आचार्यले निर्वाह गर्नुभएको छ ।
‘चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो’ गायक तथा अभिनेता आचार्यले भन्नुभयो ।
चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ल लगायतले अभिनय गर्नुभएको छ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।
आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रुपेश तामाङले निर्देशन गर्नुभएको चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन