
काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोको बढ्दो एक्लोपनको सामना गर्न आफ्नो गठबन्धनलाई बलियो बनाउने उद्देश्यले भियतनामको भ्रमण गरी रूस र भियतनामबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनसँगको शिखर वार्तापछि पुटिनले शीतयुद्धका दिनदेखि मस्कोको नजिकको सहयोगी रहेको अर्को एशियाली मुलुक भियतनामको भ्रमण गर्नुभएको हो । रूसी नेताले हनोईमा समर्थनको स्पष्ट सार्वजनिक घोषणा नगरेपनि भियतनामी राष्ट्रपति तो लामले रक्षा सहयोग बढाउने इच्छा व्यक्त गरेको भियतनामी सञ्चारमाध्यमले जनाएका छन् ।
‘अन्तर्राष्ट्रिय कानुनका आधारमा गैरपरम्परागत सुरक्षा चुनौतीको सामना कसरी गर्ने, यस क्षेत्र र विश्वमा शान्ति र सुरक्षाका लागि कसरी सामना गर्न सकिन्छ भनी दुवै पक्ष रक्षा र सुरक्षामा सहयोग बढाउन चाहन्छन्’ लामले पुटिनसँगको वार्तापछि सञ्चारकर्मीसँग भन्नुभयो ।
सन् १९९५ देखि २०२३ को बीचमा भियतनामको मुख्य हतियार आपूर्तिकर्ता मस्कोले ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ, तर युक्रेन द्वन्द्वसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबन्ध तीव्र भएपछि हालैका वर्षहरूमा माग सङ्ख्या घटेको छ । लाम र पुटिनले शिक्षादेखि न्याय र असैनिक आणविक परियोजनासम्मका करिब एक दर्जन सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पुटिनले पत्रकारहरूसँग कुरा गर्दै वार्ता रचनात्मक रहेको र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा दुवै पक्षको ‘समान वा धेरै नजिकको’ अडान रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उनीहरूले एशिया–प्रशान्त क्षेत्रमा पर्याप्त र भरपर्दो सुरक्षा संरचना निर्माण गर्ने विषयमा छलफल गरेका छन् । यो बल प्रयोग नगर्ने र मतभेदलाई शान्तिपूर्ण तरिकाले समाधान गर्ने सिद्धान्तमा आधारित छ ।’
पुटिनको एशिया भ्रमण पश्चिमा शक्तिहरूले युक्रेनमा रुसको युद्धलाई रोक्ने उद्देश्यले प्रतिबन्ध बढाएका बेला भएको हो । संयुक्त राज्य अमेरिका, बेलायत र युरोपियन युनियनले गत हप्ता नयाँ प्रतिबन्धको घोषणा गरेका थिए भने जी–७ ले रोक्का गरिएको रूसी सम्पत्तिबाट प्राप्त मुनाफाबाट किएभलाई ५० अर्ब डलरको नयाँ ऋण प्रदान गर्न प्रयोग गर्न सहमत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै