
काठमामाडौँ । सन् १९४८ को नकबाहरूको हिंसात्मक विस्थापनपछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन् ।
जबर्जस्ती विस्थापित भएकाहरूको दुर्दशालाई उजागर गर्दै प्यालेस्टाइन र डायस्पोरामा प्यालेस्टाइन शरणार्थीहरूका लागि राहत तथा सहयोगका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्ल्यूए) ले हालसम्म ६० लाखभन्दा बढी व्यक्तिले शरणार्थीका रूपमा आफूलाई दर्ता गरेको खुलासा गरेको छ ।
सन् २० मा संयुक्त राष्ट्रसङ्घको महासभाले स्थापना गरेको विश्व शरणार्थी दिवस ९ जुन २०० का अवसरमा यूएनआरडब्ल्यूएले जनवरी २०२२ सम्ममा आफ्नो अभिलेखमा करिब ५९ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी रहेको उल्लेख गरेको छ ।
यीमध्ये करिब २५ लाख मानिस वेस्ट बैङ्क र गाजा पट्टीमा बस्छन् । यो सङ्ख्या कूल प्यालेस्टिनी शरणार्थी जनसङ्ख्याको करिब ४२ प्रतिशत हो । यसमध्ये वेस्ट बैङ्कबाट १५ प्रतिशत र गाजाबाट २७ प्रतिशत विस्थापित भएका हुन् ।
अरब देशहरूमा दर्ता भएका शरणार्थीहरूको वितरणको विस्तृत विवरण दिँदै यूएनआरडब्ल्यूएले लगभग ४० प्रतिशत प्यालेस्टिनी शरणार्थीहरू जोर्डनमा, आठ प्रतिशत लेबनानमा र १० प्रतिशत सिरियामा रहेका बताएको छ ।
यी आँकडाले प्यालेस्टिनी शरणार्थीहरूको न्यूनतम सङ्ख्यालाई प्रतिनिधित्व गर्छ । विस्थापितको तथ्याङ्कले दर्ता नभएका शरणार्थीहरूको अस्तित्वलाई स्वीकार गर्छ । यो गणनामा सन् १९४९ पछि १९६७ को युद्धसम्म विस्थापित भएकाहरूलाई समावेश गरिएको छैन र सन् १९६७ को युद्धका क्रममा विस्थापित भएका प्यालेस्टिनीहरूको पनि लेखाजोखा गरिएको छैन । उनीहरू शुरुमा शरणार्थी थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन