
काठमाडौँ । कारागारमा रहनुभएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्मदिन मनाउने क्रममा म्यान्मारमा २२ जना पक्राउ परेका छन् । नेत्री आङ सान सु कीको जन्मदिन मनाउँदा अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् ।
म्यान्मार दोस्रो सबैभन्दा ठूलो शहर मान्डलेमा प्रहरीले लामो समयसम्म सु की जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ । अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मा सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् ।
बुधबार ७९ वर्ष पुग्नुभएकी सु कीलाई सन् २०२१ मा उहाँको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । विद्रोहलाई दमन गर्न सेनाले प्रयास गरिरहेको छ ।
जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सु कीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सु कीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ ।
सेनाले सत्ता हातमा लिएपछि सु कीको कुनै विदेशी दूतसँग एकमात्र ज्ञात भेटघाट गत वर्षको जुलाईमा भएको थियो । तत्कालीन थाई विदेशमन्त्री डोन प्रमुडविनाईले उहाँसँग एक घन्टाभन्दा धेरै समय भेटेको बताउनुभएको थियो ।
मानवअधिकार समूहले उहाँलाई राजनीतिबाट बाहिर निकाल्ने धोकाका रूपमा निन्दा गरेको मुद्दाको सुनुवाइपछि जुन्ता अदालतले २७ वर्षको सजाय सुनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै