
काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् ।
पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल समूहमा महता नेपालबाट सहभागी हुने नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार तौल समूहमा जम्मा १२ खेलाडी रहने छन् ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–८ का २७ वर्षीय महता विगत १८ महिनादेखि राष्ट्रिय टोलीमा रहेर अभ्यास गर्दै आएका छन् । महतासँग हालसम्म दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत वर्ष चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा यसै वर्ष जेठ ६ गते भएको नवौँ एशियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
एशियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका महता सेमिफाइनलमा मङ्गोलियाका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि महता विश्व बरियताको ८१औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी बरियताविहीन थिए । भियतनाममा पनि महताले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका उनले दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि महता विश्व बरियताको ५८औँ स्थानमा उक्लिएको प्रशिक्षक लामाले जानकारी दिए । अहिले उनी ५८औँ स्थानमा कायम छन् ।
महतासँगै पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको सङ्ख्या दुई पुगेको छ । पेरिस पारालिम्पिकमा पलेशा गोवद्र्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् ।
चीनको ताइयानमै भएको एशियाली छनोटको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एशियाली पारा खेलकुदकी ऐतिहासिक कास्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागी बन्ने पहिलो नेपाली खेलाडी बन्दै छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै