
पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीन वटै खेल जितेको स्याङ्जा ६ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।
घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भोलि बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर शुरुवातमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै ७५ रन मात्रै बनाउन सक्यो ।
खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । स्याङजाका लागि ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्री र अङ्कित न्यौपानेले समान दुई÷दुई विकेट लिए ।
खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्यो । स्याङजाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डे ‘नट आउट’ रहँदै ११ रन बनाए ।
नवलपुरका लागि कमल परियारले चार ओभर बलिङमा एक मेडन राख्दै १२ रन दिएर तीन विकेट लिन सफल भए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित छ रन दिएर दुई विकेट लिए ।प्रदेश खेलकुुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार एक लाख र उपविजेता टिमलाई ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट आसन्न दशौँं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन