
काठमाडौँ । उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मङ्लबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनी पूर्ण गोली चलाइएपछि पछाडी हटेको, सियोलले जनाएको छ ।
प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई सातामा भएको यो दोस्रो घटना हो । सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाई समेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाउनु भयो । प्योङयाङले हालै दुई कोरियाको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुदी सुरुङ बिछ्याउन सेना तैनाथ गरेको थियो ।
दुई मुलुक प्राविधिक रूपमा युद्धमा रहदा १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो । तर उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङ बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोध जस्तो देखिने, सियोलको सेनाले भन्यो ।
मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्यै उपकरण बोकेको उल्लेख गर्नु भयो । ‘दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको’ एक जेसीएस अधिकारीले भने ।
सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाबाट धेरै हताहत भएता पनि उनीहरूले ‘लापरवाहीपूर्वक अपरेसनअगाडि बढाउँदै गरेको’ अधिकारीले भने । ‘उत्तर कोरियाको गतिविधि आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गर्नु भयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै