
तनहुँ । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो ।
चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सङ्घबाट प्राप्त ३ अर्ब ८१ करोड २४ लाख १४ हजार ८ सय २९ रुपैयाँमा ११ महिना अवधिमा ४६ दशमलव ५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभएको छ ।
भट्टराईका अनुसार चालुतर्फ ८२ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ९ अर्ब १६ करोड १४ लाख ६७ हजार ६ सय १३ रुपैयाँ विनियोजन भएकामा ्७ अर्ब ५४ करोड ३ हजार ४ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा नौ प्रतिशत बढी खर्च भएको छ ।
प्रदेशको पुँजीगततर्फ ५५ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २ अर्ब ६० करोड ३७ लाख ६ हजार रुपैयाँ विनियोजन भएकामा१ अर्ब ४४ करोड ४५ लाख ४१ हजार ३ सय १४ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
प्रदेशमा चालुतर्फ ८६ करोड ५८ लाख २९ हजार ९ सय ८० विनियोजन भएकामा ४७ करोड ५८ लाख ५४ हजार ६ सय ३२ अर्थात् ५४ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि शुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम शुरु गर्न ३ महिना लगाउने र कामको रफ्तार नबढाउने लगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराईले बताउनुभयो ।
कार्यालयका अनुसार ११ महिनामा सङ्घ र प्रदेशको गरी ५० दशमलव १८ प्रतिशत विकास ९पुँजीगत० बजेट खर्च भएको छ । पुँजीगत बजेट ६ अर्ब ४१ करोड ६१ लाख २० हजार ८ सय २९ मा ३ अर्ब २१ करोड ९८ लाख ७३ हजार ८ सय ६० रुर्पयाँ खर्च भएको छ । चालुतर्फ भने ७९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ १ण् अर्ब २ करोड ७२ लाख ९७ हजार ५ सय ९३ रुपैयाँँ विनियोजन भएकामा ८ अर्ब १ करोड ५८ लाख ५८ हजार १ सय ४ रुपैयाँ अर्थात् ७९ दशमलव ९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन