
बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा एसइई पछिको ३ वर्षे नर्सिङ पढाइ हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले धौलागिरि अस्पतालमा आगामी आर्थिक वर्षदेखि गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी ३ वर्षे (मिडवाइफ) नर्सिङ कोर्षको पढाइ हुनेगरी आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ ।
प्रदेश मातहतका अस्पताल तथा वर्थिङ सेन्टरमा तालिम प्राप्त मिडवाईफमार्फत सेवा प्रवाहको सुनिश्चतताका लागि आगामी आवदेखि प्रविणता प्रमाणपत्र तहको ‘मिडवाईफरी शैक्षिक कार्यक्रम’ धौलागिरी अस्पतालमा अध्यापन शुरु गरिने अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।
अस्पतालमा प्रदेश सरकारले स्वास्थ्य सेवाका लागि ठूलो लगानी गरिरहेको छ । २ सय शय्यामा स्तरोन्नतिको चरणमा रहेको अस्पतालमा प्रदेश सरकारले हालै सिटिस्क्यान सेवा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
गर्भवती महिला, सुत्केरी तथा शिशु स्याहार सम्बन्धी पढाइका लागि प्रदेशको बजेट तथा कार्यक्रममा समावेश गरिएकाले आगामी आवदेखि पढाइ सञ्चालनको तयारी भइरहेको डा प्रधानले जानकारी दिनुभयो ।
‘यो एसइई दिएपछि पढ्न पाइने तीन वर्षे नर्सिङ कोर्ष हो । यसमा गर्भवती, सुत्केरी र शिशुको स्याहारसम्बन्धी मात्रै अध्ययन हुन्छ’ उहाँले भन्नुभयो– अस्पतलालाई समेत मेडिकल कलेज बनाउने विषयमा प्रदेश सरकार सकरात्मक छ, बजेट विनियोजन भए पनि कति बजेट भन्ने विषय भने आइसकेको छैन । विषय अध्यापनका लागि एक सय शय्याको अस्पताल र वार्षिक एक हजार दुई सय सुत्केरी अस्पतालमा हुनुपर्ने हुन्छ ।’
अस्पतालमा सुत्केरी हुनेको सङ्ख्या मापदण्ड अनुसार पुग्नेभए पनि आधिकारिक रुपमा एक सय शय्याको अस्पताल नपुगेको प्रमुख डा प्रधानले बताउनुभयो । अहिले पनि आधिकारिक रुपमा अस्पताल ५० शय्यामा नै सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
अस्पताललाई ५० शय्याबाट स्तरोन्नति गरी दुई सय शय्याको उपप्रादेशिक अस्पताल बनाउन प्रदेश सरकारले पूर्वाधार र उपकरणमा लगानी गरेपनि दुई सय शय्याको अस्पताल कार्यान्वयमा आउन नसकेको डा प्रधानले जानकारी दिनुभयो । गण्डकी सरकारले आर्थिक वर्ष २०८१र८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ ल्याएको छ ।
आर्थिक मामिलामन्त्री टकराज गुरूङले शनिबार प्रदेशसभामा चालुतर्फ १३ अर्ब १६ करोड रुपैयाँ अर्थात् ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभएको थियो ।
प्रदेश सरकारले बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रदेशस्तरीय अस्पताल बनाउने योजना आगामी वर्ष कार्यान्वयनमा ल्याउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन