
काठमाडौँ । आइसीसी टि ट्वान्टी विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो ।
जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी–२० विश्वकपमा कुनै पनि टोलीले रक्षा गरेको यो सबैभन्दा न्यून लक्ष्य थियो ।
नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए ।
नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन