
काठमाडौँ । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।
शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपाल सुपर ८ दौडबाट बाहिरी सकेको छ ।
उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । बंगलादेशले दक्षिण अफ्रिकासँग ४ रनले हार्न पुगेको थियो । बंगलादेश ३ खेलमा ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन