
कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा १ करोड रुपैयाँ बढीको लागतमा झोलुङ्गे पुल निर्माण अगाडि बढाइएको छ ।
कृष्णपुर–९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार १ सय ५७ रुपैयाँ र नगरपालिकाको १४ लाख २२ हजार ७ सय ६६ रुपैयाँको लागत साझेदारीमा पुल निर्माण भइरहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बाँकी रकम बराबर स्थानीयले श्रमदान गर्ने छन् । निर्माण भइरहेको पुलको लम्बाइ एक सय १९ दशमलव ८० मिटर रहेको छ । पुल निर्माणका लागि आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरले गरिरहेको छ । नगरपालिका र उपभोक्त समितिबीच गत जेठ १ गते सम्झौता भई विसं २०८३ जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने समय निर्धारण गरिएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले नदीमा पुल नहुँदा स्थानीयले हिउँदमा अस्थायी काठेपुल राखेर नदी ओहरदोहर गर्दै आएका बताउनुभयो । यहाँ झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवागमनमा सहज हुनाका साथै व्यापार, व्यवसायमा वृद्धि हुने अपेक्षा लिइएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग