
दाङ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् नपुगेको बस्तीमा विद्युत् पुर्याउने अभियान चलाएको छ । दाङमा पनि अझै धेरै ठाउँमा विद्युत् नपुगेका ठाउँ पनि रहेको भन्दै ती ठाउँहरुमा विद्युत् पुर्याउने अभियान चलाएको वितरण केन्द्र प्रमुख शिव गोशालीले बताउनुभयो ।
अहिले आफूहरु अन्धकार बस्तीलाई उज्यालो बनाउने अभियानमा लागेको जनाउँदै दाङमा पछिल्लो एक वर्षमा छ स्थानमा विद्युत् बाल्न सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दङ्गीशरणको वडा नम्बर १ फुर्केसल्ली, बबईको वडा नम्बर ७ तल्लो मलै, शान्तिनगर गाउँपालिकाको वडा नम्बर १ को हारीचारलगायतका बस्ती, वडा नम्बर ३ का विकट बस्ती, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को खुमखानीमा बत्ती बालिसकेको बताउनुभयो ।
अझै पनि दाङमै केन्द्रीय लाइन नपुगेका स्थानमा विद्युत् पुर्याउने गरी लागिरहेको उहाँले बताउनुभयो । वितरण केन्द्र तुलसीपुरको कार्यक्षेत्र तुलसीपुर उपमहानगरपालिकासँगै बबई, शान्तिनगर र दङ्गीशरण गाउँपालिका रहेको जनाउँदै उहाँले यहाँका विकट बस्तीमा पनि विद्युत् पुर्याइरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग