
सिरहा। स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो ।
गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो ।
यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिनुभयो ।
“गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ । यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ”, संयोजक चौधरीले भन्नुभयो, “किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले सङ्कलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ ।”
नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ ।
स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो । यसले यहाँ उत्ािपदत आँपको पहिचान बनाउने छ । योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन् ।” नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गर्नुभयो ।
लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ । मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै