
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महशुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताउनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ । यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।
शुक्रबारको तुलनामा आज आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताउनुभयो ।
आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन