
काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे शुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै, नेपालले यसअघि दुई खेल खेलेकामा एक खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो, जसअनुसार दुवै टोलीले समान एक/एक अङ्क बाँडेका थिए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा आफ्नो टोलीले रामो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दक्षिण अफ्रिका बलियो राष्ट्र भएकाले यस खेलमा जित निकाल्न सबै खेलाडी सङ्गठित भएर खेल्ने बताउनुभयो ।
विश्वकपअन्तर्गत समूह ‘डी’मा दक्षिण अफ्रिका छ अङ्कका साथ शीर्ष स्थानमा छभने चार अङ्क बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छ । त्यसैगरी, दुई अङ्कका साथ नेदरल्यान्डस तेस्रो स्थानमा रहँदा नेपाल एक अङ्कका साथ चौथो स्थानमा छ । समान एक अङ्क नै बटुलेको श्रीलङ्का अन्तिम स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन