
बाँके । बाँकेको राप्तीसोनारीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी ९ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार राति भे १ ख ३०१९ नम्बरको टिपरले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा दुघराप्तीसोनारी–८ निवासी ३६ वर्षीय लोकेन्द्रबहादुर विष्टको मृत्यु भएको छ ।
दुर्घटना लगत्तै मृतकका परिवार र स्थानीयले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै टिपर आगजनी गर्दै पूर्वपश्चिम राजमार्गको कोहलपुर सडकखण्ड अवरुद्ध पारेका छन् । पीडित पक्षसँग छलफल भइरहेको बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभएको छ ।
प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार राजमार्ग सञ्चालन नभए पनि हुलाकी राजमार्गबाट सवारी आवागमन भइरहेको जनाएको छ । प्रहरीले सवारीसाधन चालकको पहिचान भएको र उनलाई सम्पर्कमा ल्याउने कोशिस भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन