
काठमाडौँ । अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।
खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पपुवा न्युगिनीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव एक ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अफगानिस्तानको जितमा गुलबदिन नइबले अविजित ३६ बलमा चार चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४९ रनको योगदान दिए ।
यसैगरी, मोहम्मद नाबीले २३ बलमा एक चौकासहित अविजित १६ रन जोडे । त्यसैगरी अजमतुल्लाले १३ तथा रहमानदुल्लाह गुरबाजले ११ रन जोडे । पपुवा न्युगिनीका लागि अलिइ नाओ, सेमो कमेइ र नोर्मान भानाउले समान एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीलाई १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटिएको थियो । पपुवा न्युगिनीका लागि किप्लिन डोरिगाले सर्वाधिक २७ रनको योगदान दिए । एली नाओले १३ तथा टोनी उराले ११ रन बनाए । अफगानिस्तानका लागि फजलहक फारुकीले तीन विकेट लिँदा नवीन उलहकले दुई तथा नुर अहमदले एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै