
लमजुङ । सङ्घीय सरकारको १६ करोड ४८ लाख रुपैयाँमा खरखरे भिरमा पहिरो रोकथामका लागि पहल थालिएको छ । बेँसीशहर– चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ स्थित उक्त पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्न थालिएको हो ।
हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ । त्यस खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्नेमा हालसम्म दुई सय २० मिटर ढलान, सडकको तलमाथि एक सय मिटर ग्याभिन जाली राखिएको योजनाका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार पहिरो गएको मुख्य भागमा पर्खाल उठाएर संरक्षण गर्ने, सडक माथिको भागबाट माटो खस्न नदिन पर्खाल बलियो बनाउन बाँकी छ । ‘अब ८० मिटर सडक ढलान गर्ने बाँकी छ । सो काम सम्पन्न भएसँगै पहिरोको रोकथाम र संरक्षण हुनेछ’ इञ्जिनियर पोखरेलले भन्नुभयो ।
अध्ययन गर्दाको अवस्था भन्दा काम गर्दा पहिरोको अवस्था फरक रहेकाले ढिलाइ भएको उहाँको भनाइ छ । पहिरोको मुख्य भाग संवेदनसिल रहेकाले हाल त्यस क्षेत्रमा काम नगरिएको इञ्जिनियर पोखरेलले बताउनुभयो ।
खरखरे भिरको लागि बोलपत्र आह्वान गरेर २० करोड रुपैयँँ लागत अनुमान गरिएकामा १६ करोड ४८ लाख रुपैयाँमा निर्माण सम्पन्ने गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले जिम्मा लिएको थियो । सम्झौता अनुसार गत मङ्सिर ९ गतेभित्र सम्पन्न हुनुपर्नेमा काम सम्पन्न हुन नसक्दा आगामी मङ्सिर ८ गतेभित्र सम्पन्न गर्नेगरी म्याद थप भएको सूचना अधिकारी एवं इञ्जिनियर पोखरेलले बताउनुभयो । त्यही पहिरो नजिकै बाटो तथा पुल निर्माणका लागि ४ करोड रुपैयाँको काम सानो खरिढुङ्गा निर्माण सेवाले जिम्मा लिएको छ ।
खरखरे भिरको पहिरोको वरिपरी टेवा पर्खाल लगाउने र सडक ढलान गरिए पनि यस वर्षको बर्खामा पहिरो जाने सम्भावना भने कायम नै रहेको इञ्जिनियर पोखरेलको भनाइ छ । ‘पहिरो हटाउँदै सडक खुलाउने तयारीमा छौँ । विगतको भन्दा कम समस्या हुने अनुमा गरेका छौँ’ उहाँले भन्नुभयो ।
मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुसार विसं २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले निमार्ण शुरु गरेको थियो । विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो ।
बेँसीशहरमा रहेको तत्कालीन नेपाली सेनाले विसंं २०६९ मा यस सडकको निर्माण पूरा गर्दै डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । यस सडकलाई अवरुद्ध गर्ने मुख्य पहिरोमध्ये एक खरखरे भिरको हो । करिब ६ वर्षअघिदेखि जान थालेको सो पहिरोले बर्सेनि बर्खामा समस्या उत्पन्न गर्दै आएको छ । सडक माथिदेखि तल मस्र्याङ्दी नदीसम्म ठूलो पहिरो जाने गरेको स्थानीय बताउँछन् ।
यस सडकको बेँसीशहरदेखि चामेसम्मको अधिकांश भाग जीर्ण अवस्थामा छन् । विशेष गरी बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाने, सडक भासिने गर्दा सडक अवरुद्ध हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै