
दाङ । प्यूठान मान्डवीका विशाल सुनारको चार वर्षअघि रुखबाट लडेर मेरुदण्डमा चोट लाग्यो । त्यसको उपचार काठमाडौँमा पनि गराउनुभयो । सञ्चो नभएपछि उहाँ दुई महिनाअघि मात्र दाङको तुलसीपुरस्थित अपाङ्ग समाज सुधारले सञ्चालनमा ल्याएको थेरापी सेन्टरमा उपचार गर्न आउनुभयो ।
सल्यान कपुरकोटका आपेन्द्र चन्दलाई पनि पाँच वर्षअघि उच्च रक्तचापले हान्दा ‘प्यारालाइसिस’ भयो । उहाँले विगतमा विभिन्न अस्पतालमा उपचार गरे पनि सञ्चो नभएपछि तुलसीपुरस्थित अपाङ्ग समाज सुधारकै थेरापीमा आउनुपर्यो । उहाँहरूमात्रै होइन, अहिले साविक राप्तीका पाँचवटै जिल्लाबाट थेरापी सेन्टरमा थेरापी गर्न आउनुभएको छ ।
हालमात्र दैनिक १२ जना जति थेरापी गर्न आउने गरेको केन्द्रका संस्थापक अध्यक्ष हुमकान्त कँडेलले बताउनुभयो । सल्यान, प्यूठान, रोल्पा, दाङ, रुकुमलगायत जिल्लाका बिरामीले थेरापी गराइरहेको उहाँले बताउनुभयो ।
अपाङ्ग समाज सुधारले सरकारको सहयोगमा थेरापी सेन्टर सञ्चालनमा ल्याएको हो । विसं २०७८ चैतमा थेरापी सेन्टर सञ्चालनमा आए पनि त्यसलाई सरकारले उल्लेख्य रूपमा सहयोग नगरेको कँडेलको गुनासो छ । अहिले वार्षिक चार लाख रुपैयाँ तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।
त्यसबाट एकजना थेरापिष्ट र दुईजना कार्यालय सहयोगीलाई तलब खुवाउने गरेको भए पनि तलब निकै न्यून रहेको उहाँले बताउनुभयो । थेरापिष्टलाई मासिक १५ हजार रुपैयाँ मात्र दिने गरिएको उहाँले बताउनुभयो । त्यस्तै दुईजना कार्यालय सहयोगीलाई १०–१० हजार रुपैयाँ मात्र दिन सकिएको उहाँले भन्नुभयो ।
‘सरकारकै सहयोगमा खोलिएको थेरापी सेन्टर हो, तर सरकारले दरबन्दी दिनसकेको छैन’ उहाँले भन्नुभयो, ‘त्यसले गर्दा हामीलाई काम गर्न निकै समस्या हुने गरेको छ ।’ त्यतिमात्र कर्मचारीले नपुग्ने कँडेलको भनाइ छ । बिरामी थपिँदै गएको जनाउँदै दुईजना फिजियोथेरापिष्ट र तीनजना सहयोगी आवश्यक पर्ने उहाँले बताउनुभयो । भएकै कर्मचारीलाई पनि तलब खुवाउन नसकिएको अवस्थामा थप गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
केन्द्रको एकतले भवनमा थेरापी सेन्टर सञ्चालनमा छ । थेरापीका लागि चाहिने सबै सामग्री भए पनि राख्ने ठाउँको अभाव छ । अर्को तला थप गर्न सकेमा मात्रै सहज सेवा दिन सकिने उहाँले बताउनुभयो ।
‘बिरामीलाई आवाससहितको सेवा दिने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “तर उचित भवन नहुँदा समस्या हुने गरेको छ ।’ अहिलेसम्म त्यो संस्थाबाट ३३ जनाले सेवा लिएका छन् । लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईमात्र थेरापी सेन्टर रहेकाले यी थेरापी सेन्टरलाई सङ्घ र प्रदेश सरकारले पनि हेर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै