बैतडी । बैतडीमा आजदेखि टी–१० भेट्रान डिसिएल खुला क्रिकेट प्रतियोगिता शुरू भएको छ । आज भएको पहिलो खेलमा आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी विजयी भएको छ । उसले निङ्लाशैनी वारियरलाई आठ विकेटले पराजित गरेको हो ।
निङ्लाशैनीले दिएको एक सय ४१ रनको लक्ष्य एकेडेमीले १९ दशमलव तीन ओभरमा दुई विकेटको क्षतिमा पूरा ग-यो । निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका लागि प्रतिक बोहराले अर्धसतकीय पारी खेले । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले अविजित ५१ रन बनाए । सुशील बोहराले अविजित ३५ तथा दीपक बोहराले ३१ रन बनाए । बलिङतर्फ निङ्लाशैनीका मङ्गेश दयालले एक विकेट लिए ।
यसअघि निङ्लाशैनी खेल मैदान, देहिमाडौँमा पहिला ब्याटिङ गरेको निङ्लाशैनी वारियरले निर्धारित १० ओभरको खेलमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएका थियो । उसका लागि ऋषिकेश बोहराले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाए । बलिङतर्फ निङ्लाशैनी ग्वाल्लेकका यज्ञराज भट्ट र डम्बर पुजाराले दुई दुई विकेट लिए ।
निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ११ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी खेल सञ्चालन भइरहेका आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
नेपालकैरन



















