
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ ।
कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरेको छ । प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा ‘आज सेवा नलिए भोलि पाइँदैन’ भन्ने धारणा नराखी समन्वय गरिदिन आग्रह गरिएको छ ।
साउनभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा साबिकमा दुई केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुँदै आएकामा हाल तीनवटा सङ्कलन केन्द्र थप गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा हाल चारवटा सङ्कलन केन्द्र रहेका भन्दै देवघाट गाउँपालिकामा एउटा केन्द्र थपिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको अवस्थामा प्रशासन कार्यालयमा विवरण सङ्कलनका लागि वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिको बढी भीड लाग्ने गर्दछ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण सङ्कलनको कार्यलाई सहज बनाउन पालिकागत रुपामा बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताउनुभयो । प्रशासन कार्यालयले निर्धारित समयभित्र सबैलाई परिचयपत्र नम्बर उपलब्ध गराउने भन्दै यसका लागि नागरिकले पनि आवश्यक समन्वय गरिदिनुपर्ने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन