
अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ ।
यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकासँग सम्झौता गरेको छ । ती दुई पासलकाबाट उत्पादित अर्ग्यानिक कृषिजन्य वस्तुको समर्थन मूल्यमा बजारीकरण सो कम्पनीले जिम्मेवारी पनि लिएको छ ।
सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि उपज वस्तुको कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिनुभयो । पालिका तहमा विभिन्न समूह बनाइ उत्पादन कार्य गरी समूहसँग सम्झौता गरी आर्थिक उपार्जन र उत्पादनको कार्यमा अगाडि बढ्ने सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
सम्झौता पत्रमा सन्धिखर्क नगरपालिकाको तर्फबाट नगर प्रमुख श्रेष्ठ, पाणिनी गाउँपालिकाको तर्फबाट उपाध्यक्ष नर्मदा पौडेल र जनता एग्रो एण्ड फरेष्टी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष पवनकुमार गोल्यानले हस्ताक्षर गर्नुभएको थियो । जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडाँैले उत्पादन गरेका वस्तु बिक्री गर्ने गरी सन्धिखर्कमा रहेको साथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले समझौता गरेको छ ।
व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धनका लागि सम्झौतापछि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कम्पनीले बजारीकरणको जिम्मेवारी,विश्वासनियता कायम गरे अर्घाखाँची जिल्लामा अझै धेरै कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने बताउनुभयो । जिल्लामा धेरै कार्यक्रम गरे पनि सफल नभएकाले यो कार्यक्रम किसानको बिचमा विश्वासका साथ अगाडि बढाउन कम्पनीलाई उहाँलेआग्रह गर्नुभयो ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख श्रेष्ठले माटो, पानी, वातावरणका साथै किसानको मागका अधारमा अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो– गाउँ गाउँमा किसान समूह गठन गरेर अगाडि बढ्दै छौंँ, पालिकाले व्यावसायिक रुपमा गर्ने किसानका लागि यान्त्रिकरण, बीउँविजन, प्राविधिक विज्ञ सहयोग गर्दै छौँ, यो कार्यक्रममा हुने खेतीलाई जङ्गली जनावर असर पार्दैन । अव रोजगारका लागि विदेश गएका युवालाई समेत स्वदेश फर्काउने गरी अभियानकै रुपमा हामी अगाडि बढ्ने छौँ ।’
किसानको आयआर्जनमा वृद्धि, अर्ग्यानिक खेती, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा जोड्ने गरी कम्पनी अगाडि बढेको जनता एग्रो फरेष्टिका अध्यक्ष गोल्यानले बताउनुभयो । किसानको क्षमता अभिवृद्धि नीति निमार्णमा र वातावरणीय परिवर्तनमा सहयोग गर्ने समेत उद्देश्य रहेको छ ।
कम्पनीले दुई पालिकामा समूहमार्फत उत्पादन भएका अदुवा, बेसार, टिमुर, कफी, दाते ओखर, छुर्पी, गाईको घीउ खरिद गर्ने जनाउँदै कम्पनीको मुख्य उद्देश्य स्थानीय कच्चापदार्थको प्रयोग, स्थानीय उत्पादन, रैथाने बाली प्रबद्र्धन र सामूहिकतामा आर्थिक विकास र समृद्धि रहेको कम्पनीका उपाध्यक्ष भोजबहादुर शाहले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन