
काभ्रे । काभ्रेपलाञ्चोकमा बोधिचित्त क्षति गराउने घटनामा संलग्न अभियुक्त कारागार चलान भएका छन् ।
बोधिचित्त क्षति गराउने मुख्य योजनाकार सिजन भन्ने मानबहादुर तामाङ र पार्टीगत जिम्मेवारी लिने विश्वनाथ चौधरी चलान भएका हुन् । उनीहरुलाई जिल्ला अदालत काभ्रेपलाञ्चोक पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
जिल्ला सरकारी वकीलको कार्यालयले ५४ करोड ९९ लाख ७ सय ८० रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै उनीहरुलाई फरक फरक अभियोजनमा मुद्दा दर्ता गरेको छ । मुद्दामा मानबहादुरले २०७६ साल देखि मालामा विवाद गर्दै आएको र उनकै योजनामा अष्ट्रेलियामा रहेका कविन्द्र तामाङ र मित्रराष्ट्र चीनमा रहेका याङ कैलिङलाई रुख काट्ने केहिदिन अघि नेपाल झिकाएको उल्लेख गरिएको छ।
रुख काट्ने योजना बनाउँदै प्रस्ताव समेत लगेका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागी थिए ।वकीलको कार्यालयले पक्राउ परेका दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई ५८ दिन हिरासत राखेर कसुर कायम हुन नसकेको ठहर गर्दै रिहा गरेको छ । वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको त्यो निर्णय शक्ति, सत्ता र कानुनको धज्जी उडाउँदै व्यक्तिगत स्वार्थमा लिप्त भएको टिप्पणी गरिएको छ ।
निर्णयविरुद्ध माथिल्लो निकायमा जाने तयारी गरेको जाहेरवाला समिप त्रिपाठीले बताउनुभयो । तथ्य, प्रमाण र उपलब्ध अनुसन्धानमा भेटिएका सबुदका आधारमा पक्राउ गरिएका सबै व्यक्तिहरु घटनामा योजनाका रुपमा संलग्न भएको देखिन्छ । मुद्दाको प्रकृतिका आधारमा व्यक्तिलाई हिरासतमा राख्न सक्ने व्यवस्था छ । कसुर नदेखिए पछि दुई जनालाई अभियोग दर्ता नगरिएको हो ।
प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा दुर्गालाल तामाङ र श्यामकृष्ण मैनालीको संलग्नता खुलेको छ । प्रहरीले सिसिटिभी फुटेज, म्यासेन्जर, च्याट, कल रेकर्ड लगायतका प्रमाण सरकारी वकील कार्यालयमा बुझाएको छ । सरकारी वकील कार्यालयले प्रमाणको अभाव देखाउँदै हाल मुद्दा नचलाउने निर्णय भएको र निर्णय निकाशका लागि उच्च सरकारी वकीलको कार्यालय पाटन ललितपुरमा पठाउने निर्णय गरेको छ ।
साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठूलो बुद्धचित्तको रुखमा फल्ने बुद्धचित्तका दानाहरु अघिल्ला वर्षहरुमा सम्झौता गरी कारोवार समेत भएको थियो ।
पछिल्लो समय जाहेरी दिएका मध्ये मानबहादुर तामाङ समेतले बुद्धचित्तका दाना उद्यारो माग्ने, सम्झौता बमोजिमको रकम नदिने गरेपछि जग्गाधनी ठकुरानी तामाङले समिप त्रिपाठीको समूहसँग २०८१ को सिजनमा फल्ने बुद्धचित्तका दानाको सम्झौता गरी ९० लाख रुपैयामा किनेबेचको सम्झौता २०८० साउन १९ गते भएको थियो । त्यही सम्झौता अनुसार त्रिपाठी समूहले ठकुरानीलाई बैना बापतको ५० लाख रुपैया भुक्तानी भएको थियो ।
बुद्धचित्तका दाना फल्ने रुख नै ५ वर्षको लागि मौखिक सम्झौता गरी लिखत समेत गरिएको थियो । प्रत्येक वर्ष स्थानीय तहलाई बुझाउने कर बाहेक माला धनीलाई ९० लाख रुपैया दिने गरी कारोवार गर्ने सहमति भएको थियो । २०८० चैत्र २९ गते राति साढे ११ बजेको समयमा हातहतियारसहित घरको ४ ठाउँमा बम राखि घरमा सुतेका परिवारलाई र छिमेकीलाई समेत बाहिर निस्कन नदिई गोली ठोक्ने धम्की दिदै विद्युतीय आरो प्रयोग गरी बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने बहुमुल्य माला फल्ने रुख काटिदिई घर जग्गा धितो राखी गरेको लगानी समेत डुबेको छ ।
सम्झौताबाट धेरै क्षति भएकाले असुल उपर गरी डाँका, विस्फोटक पदार्थ र संगठित अपराधमा कारवाही गरि पाउँ भन्ने ब्यहोराको निवेदन त्रिपाठीले दर्ता गरेका थिए । २०७७ सालमा तेमाल गाउँपालिका ६ घर भएका ४१ बर्षिय सिजन भन्ने मानबहादुर तामाङले रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दाना विर्खबहादुर तामाङ समेत ९ जनाको समूहले लुटेको अभियोगमा डाँका सम्वन्धी मुद्दा दर्ता गरेका थिए ।
२०७७ असोज २६ गते दर्ता गरिएको डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्वन्धी मुद्दामा २०८१ वैशाख २५ गते जिल्ला अदालतले सजाय निर्धारण गरेको थियो । २०७७ सालमा निवेदन दिएर पीडित भएका मानबहादुर अहिले विस्फोटक पदार्थ सहितको रुख कटानका मुख्य योजनाकार हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन