
धनगढी । प्राकृतिक विपद्को बेला गरिने उद्धारको नमूना अभ्यास गर्ने क्रममा बझाङमा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । नमूना अभ्यास गर्ने क्रममा सशस्त्र जवान केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।
सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा नेपाली सेनाको वीरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद् उद्धारसम्बन्धी नमूना अभ्यास गर्ने क्रममा धामी बेहोस हुनुभएकाृे थियो । उपचारका लागि जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिनुभएको छ ।
धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत हुनुहुन्थ्यो । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धारसम्बन्धी नमूना अभ्यास गराइरहेको थियो ।
सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेका अनुसार धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन