
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा आजदेखि शुरु हुँदैछ ।
उपेन्द्र यादव नेतृत्वको जसपाले जनकपुरधामको तिरहुतियागाछीमा एकता महाधिवेशन आयोजना गरेको हो । महाधिवेशनको उद्घाटन सत्रमा शुरु हुन लागेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभएको छ ।
प्रवक्ता सुमनका अनुसार महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता-कार्यकर्ताका जनकपुरधाम आइपुगेका छन् । महाधिवेशनमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत निम्त्याइएको छ ।
महाधिवेशनमा २० हजारभन्दा बढी नेता- कार्यकर्ता सहभागी हुने प्रवक्ता सुमनको भनाई छ । प्रवक्ता सुमनका अनुसार महाधिवेशनका १३ सय भन्दा बढी प्रतिनिधि छन् ।
आज दिउँसो उद्घाटन सत्र पश्चात् साँझादेखि बन्दसत्र शुरु हुने छ । जसमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिने छ । नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र शुरु हुने छ । २ सय १ सदस्य केन्द्रीय नयाँ केन्द्रीय समिति चयन गर्ने छ ।
हाल विधान अनुसार १५१ सदस्य केन्द्रीय समिति गर्ने प्रावधान छ । तर, विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भएर केन्द्रीय समिति २०१ सदस्यको बनाइने छ । त्यस अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत २०१ सदस्य चयन गर्ने तयारी छ ।
केन्द्रीय अध्यक्षमा यादव पुनः दोहोरिने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन