
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसमा चियापान गर्ने भएको छ । रास्वपा अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको हो ।
पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
‘स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाई, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ’ उहाँले भन्नुभयो ।
सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन