
मकवानपुर । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड रुपैयाँ खर्चेर निर्माण गरेका ३ वटा पक्की पुल सञ्चालन भएका छन् ।
मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका ती पुल शनिबारदेखि सञ्चालन भएका हुन् ।
बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने विकास– निर्माणका कामलाई तीनवटै तहका सरकारले विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनहरिपालिकाले पुल निर्माणका निम्ति गरेको प्रयासको सराहना गर्नुभयो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार निर्माण पूरा हुन बाँकी दुईवटामध्ये ठाडेखोलाको पुल एक महिनाभित्रै सम्पन्न गर्न आफूले प्रयास गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै पूरा लक्ष्यका साथ धमाधम काम भइरहेको छ । मनहरी–१ र २ जोड्ने च्यापल खोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल र ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । तीन स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लामो यो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयँँमा सम्झौता भएको हो । दुई स्पानको ट्वाङग्रा खोला ६४ दशमलव १५ मिटर लामो पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैयँँ खर्च गरिएको छ । यस्तै दुई स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण भएको हो ।
३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्चिएको अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । दुई वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै निर्माणको काम थालिएको भए तापनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो । एकैदिन ठेक्का सम्झौता गरिएको पाँचवटामध्ये तीनवटा पुल निर्माण सकिएको र दुईवटा पुल निर्माणको काम जारी छ ।
हिराचन–बानियाँ जेभीसँग ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र भैरव–नारायणम् जेभीसँग ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत काम पूरा गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । पाँचवटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाको करिब ३३ करोड ५० लाख रुपैयँँ खर्च हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्ष शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, मनहरी–४ का पूर्ववडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिका उपाध्यक्ष सीता पुलामीले जतप्रतिनिधिहरू जनचाहनाअनुसार काम गर्न सधैँ तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन