
काठमाडौँ । अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनैपनि खेलमा पहिलो पटक हराएको हो ।
१६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५।२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए । ओपनर फिन एलेन शून्य, डेभन कन्वे ८, केन विलियम्सन ९, डर्याल मिचेल ५, मार्क च्यापम्यान र मिचेल सान्टनार ४(४ रनमा आउट भए । म्याट हेनरीले १८ बलमा १२ रन बनाए । न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका कप्तान राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । मोहम्मद नाबीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । फजलहक फारुकीले ३।२ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि गायानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको विजयी इनिङ खेले । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि १४।३ ओभरमा १०३ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी जितको आधार बन्यो ।
जद्रान ४१ बलमा ३ चौका र २ छक्कासहित ४४ तथा आजमतुल्लाह ओमरजाई १३ बलमा १ चौका र २ छक्कासहित २२ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर २ र लोकी फर्गुसनले १ विकेट लिए ।
समूह सी मा अफगानिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई हराएको थियो । वेष्टइण्डिज १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । युगान्डा २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । पपुवा न्युगिनी चौथो र न्युजिल्यान्ड पुछारमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन