
भक्तपुर । भक्तपुरको सिद्ध पोखरीमा तीनदिनदेखि सञ्चालित खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन–४’ आज सम्पन्न भएको छ । सिद्ध पोखरीमा नेपाली सेनाको सूर्यविनायकस्थित श्री इन्द्रबक्स गणले आयोजना गरेको खोज तथा उद्धार तालिमअन्तर्गत ‘अभ्यास मनसुन–४’ आज सम्पन्न भएको हो ।
वर्षायामबाट हुने सम्भावित विपद्को क्षतिलाई न्यूनीकरण, रोकथाम तथा उद्धार गर्न दक्ष जनशक्ति उत्पादन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वय र सुरक्षा फौजको संयुक्त सहकार्यमा भक्तपुरको सिद्ध पोखरीमा यही जेठ २१ देखि २५ गतेसम्म सञ्चालन भएको ‘अभ्यास मनसुन–४’ को आज समापन गरिएको छ ।
‘मानिस डुब्न थाले, वरिपरिबाट मानिसहरु चिच्याउन थाले । पल्लो कुनामा डुब्नै लागेको एउटा झुपडीबाट पनि बचाउ बचाउको आवाज आउन थाल्यो । त्यसको केही बेरमै उद्धारकर्ता पोखरीमा फालहालेर डुबेकाहरुको गोताखोरले झै खोजी गर्न थाले । पोखरीको अर्को कुनाबाट फसेकाको उद्धार गर्न एक समूह -याफ्टिङ बोटमा बसेर पुगे र उद्धार गरे’ यसरी प्रत्यक्ष अनुभव हुने गरी अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।
आजको कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले यसवर्ष बाढीपहिरो, भूक्षय, डुबानलगायत जलजन्य प्रकोपको उच्च जोखिम रहेकाले खोज तथा उद्धारकर्ता तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । उद्धारकर्ताको सीप, ज्ञान र कौशलतालाई स्थानीयतहसम्म पर्याउनुपर्ने बताउँदै उहाँले स्थानीय सरकारले टोलटोलमा यस्ता जनशक्ति तयार पारेर राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा श्री १ नम्बर बाहिनी अङ्डाका बाहिनीपति सहायक रथी ध्रुवकुमार कार्कीले विपद् प्रतिकार्य अभ्यास सञ्चालन गर्दै विभिन्न विपद्को समयमा अग्रमोर्चामा रहेर काम गर्दै आएको नेपाली सेनालगायतले पु-याउने सहयोगलाई विस्तार गर्न अभ्यास उपलब्धिमूलक रहेको बताउनुभयो । उहाँले विपद्मा पहिला पुग्ने स्थानीयवासी र स्थानीय सरकार भएकाले उहाँहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहले दक्ष जनशक्ति तयार पार्नुपर्ने बताउँदै विपद्मा हुने जनधनको क्षति न्यूनीकरणमा सधैँ चनाखो भएर रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी, आरएनए १६ ग्रुप लगायत सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन