
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनःनापी आवश्यक भएको जानकारी दिनुभएकोे छ ।
उहाँले भन्नुभयो– ‘भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख धमिराले खाएको छ, यसलाई व्यवस्थित गर्न सकिएको छैन । गलत प्रक्रियाबाट भूमिसम्बन्धी काम भएको हुँदा केही जग्गा कारोबारको अभिलेख नै भेटिएको छैन, यसकारण देशभर पुनःनापी गर्न जरुरी छ ।’
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले देशभर रहेका सरकारी, सार्वजनिक, सामुदायिक, निजी तथा गुठीको जग्गाको अभिलेख अद्यावधि गर्न पुनः नापी आवश्यक रहेकामा जोड दिनुभयो । पचासौँ वर्षदेखि बसोबास गरिरहेका नागरिक अझै पनि लालपूर्जाविहीन बनेको दृष्टान्त पेस गर्दै उहाँले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।
मुलुकका सबै स्थानमा गुठीको जग्गा रहेको र गुठी सञ्चालनका प्रक्रिया फरकफरक हुँदा समस्या पैदा भएको मन्त्री अधिकारीको भनाइ छ । ‘प्रत्येक स्थानीय तहमा गुठी छ, यसको सञ्चालन प्रक्रिया बेग्लाबेग्लै छ । गुठीसम्बन्धी एकीकृत कानुन निर्माणको आवश्यकता छ, यसका लागि समितिले सरकारलाई सहयोग गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन