
कञ्चनपुर । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ ।
स्थापनादेखि (२०६३ साल) ८ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् । आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेशराम चौधरीले आयोगमा पछिल्ला वर्षमा उजुरी दिने क्रम घट्दै गएको बताउनुभयो ।
‘पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाहीलगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ’ उहाँले भन्नुभयो– ‘चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।’
द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित रहेको बताउँदै चौधरीले यहाँ परेका उजुरीमध्ये धेरै खारेजी, केही तामेली र केहीले क्षतिपूर्ति पाइसकेको जानकारी दिनुभएको छ । ‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी ४० र ५० को सङ्ख्यामा आए पनि धेरै तत्काल समाधान भइहाल्छन्’ उहाँले भन्नुभयो– ‘उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने किसिमका मुद्दा कम आउने गरेका छन् ।’
आयोगको सिफारिसप्रति राज्य गम्भीर नभएकाले पनि आयोगमा उजुरी आउने क्रम घटेको हुनसक्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन