
काठमाडौँ । काठमाडौँ उपत्यकामा घडेरी सकिँदै गएको अवस्था छ । प्लटिड्का नाममा डाँडोपाखो, भिरालो, पोखरी, जंगल केही बाँकी रहेन । कसैले सरकारी जग्गा हिनामिना गरेकमा छन् । कसैले सार्वजनिक जग्गा आफ्नोमा छिराएका छन् । खोला मिचेर महल ठडाउनेको संख्या पनि कम छैन । सुकुम्बासीका नाममा हुकुमबासीले देखाएको हर्कत पनि अचम्मैको छ ।
यी सबैभन्दा पनि काठमाडौँमा जग्गा हुनेहरु अहिले यतिसम्म बाठा भएका छन् कि कोही वास्तविक मूल्य भन्दा निकै कम सरकारी मूल्यमा पास गरेर सरकारी राजस्व छली गरिरहेका हुन्छन्, कोही मूल्य बढाउन बैना गरेअनुसार पास गर्न नमान्ने, कसैले परिवारले दिन मानेन भनेर मूल्य उकास्ने , कोही एकजनासँग बैना अर्कैलाई विक्री गरिदिने गरेका जस्ता थुप्रै विवादका उजुरी प्रहरी कार्यालयमा चाड्काचाड् छन् । कोही अदालतमा पनि मुद्दामामिला गरिरहेका देखिन्छन् ।
जग्गामा ती फरक घटना देखिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २० का बसन्तराज चित्रकारले पनि आफूले बिक्री गर्न बैना गरेको जग्गामाथि ठगी नियत पालेर खरिदकर्तालाई मूल्य बढाउन बाध्य पारेको खबर छ । उनले कामनपा– १३ बस्ने हरिलाल श्रेष्ठलाई १४ लाख रुपैया प्रतिआनाका दरले विक्री गर्न बैना गरेको जग्गा पास गर्न पटक पटक कोचलो झिकेका छन् । उनले एक पटक प्रतिआना ५० हजारका दरले मूल्य बढाउन भ्याए भने त्यसपछि जग्गा पासमा लाग्ने लाभकर पछि मिलाउने गरी खरिदकर्तालाई तिराए पनि त्यो रकम फिर्ता गर्न आलटाल गरिरहेका छन् ।
जग्गा खरिदकर्ता हरिलाल श्रेष्ठका अनुसार काठमाडौंको बलम्बु वडा नम्बर १ (क) को कित्ता नम्बर ५३ को २ रोपनी ८ आना ३ दाम जग्गा मध्ये ४ आना १ दाम जग्गा मापदण्ड कटाएर बाँकी जग्गा नापजाँच गरी ठहरे बमोजिम कारोबार हुने भन्दै प्रतिआना १४ लाखको दरमा जग्गा पास गर्न भन्दै वैना पत्रमा सहमति जनाएर बैनापट्टा गरिएको थियो । जग्गा खरिदकर्ताले प्लटिङ लागि जग्गा व्यवस्थित गर्दे जाँदा जग्गाधनी चित्रकारको मनमा पलाएको लोभले जग्गा खरिदकर्ता समस्यामा पर्दै गए । दुई पक्ष बीचको विवाद बढ्दै जाँदा जग्गा पास गर्नमा केही विलम्व भयो । एकातिर जग्गा बैना वापत बुझाएको मोटो रकम लगानी अर्को तर्फ जग्गा व्यवस्थित गर्दाको अर्को थप लगानीले खरीदकर्ता श्रेष्ठमाथि आर्थिक बोझ त थिदै थियो, त्यहीबीच जग्गाधनी चित्रकारले जग्गा नापजाँच गर्दा ठहरिएको जग्गा अनुसार पास नगर्ने भन्दैै पूरै जग्गाको भुक्तानी गर्नु पर्ने, प्रतिआना ५० हजार थप गर्नु पर्ने जस्ता प्रस्ताव अधि सार्दा जग्गा खरिद गर्न अघि बढेका श्रेष्ठ तनावमा पर्दै गए । तैपनि उनले जग्गाधनी चित्रकारको प्रस्ताव अस्वीकार गरी आफूले बैना वापत दिएको रकम फिर्ता माग्दा जग्गा बिक्री भएपछि दिने भन्दै बैना वापत लिएको रकम फिर्ता गर्न आनाकानी गरेपछि बाध्य भएर जग्गा पास गर्न अघि बढ्नु परेको गुनासो सुनाए ।
जग्गाधनी चित्रकारकै प्रस्ताव अनुसार न्यूनतम मूल्य सरकारी मूल्याकंन अनुसार जग्गा पास गर्ने दुवै पक्षबीच सहमती भयो । यसो गर्दा ठूलै राजस्व छली भयो । त्यसबेला पछि मिलाउने गरी तत्काल लाभकर तिर्न खरिदकर्ता श्रैष्ठलाई जग्गाधनी चित्रकारले प्रस्ताव गरे । तर, त्यतीबेला तिरीएको लाभकर पछि आफूले स्वीकार्न आनाकानी गरेपछि दुई पक्षबीचको विवाद अब मुद्दामामिलातर्फ अघि बढ्ने संकेत देखापरेको छ । ५ करोड रुपैयाँ बढी भुक्तानी बुझीसकेका बसन्त चित्रकारले १४ लाख ५० हजार रुपैयाँ लाभकर आफूले अस्वीकार गरेपछि जग्गा खरिदकर्ता श्रेष्ठले भुक्तानी गर्न बाँकी १८ लाख ८७ हजार रुपैयाँको चेक रोक्का गरिदिएका छन् । विभिन्न बैंकको चेकबाट भुक्तानी गरिएको ५ करोड रुपैयाँ बढीको रकम आफ्नो खातामा जम्मा भएको रकमको स्रोत अब जग्गा विक्रेता बसन्तराज चित्रकारले कसरी देखाउने हुन् ? सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको खण्डमा यो प्रकरणलाई चित्रकारले कसरी टुंग्याउलान् ? दुई पटक गरिएको बैना पत्रको शर्त नम्बर ४ मा प्रथम पक्षले नै लाभकर तिर्ने उल्लेख छ ।
त्यस्तै, शर्त नम्बर ३ मा प्रथम पक्षले जग्गाको मूल्य बढाउन नपाउने उल्लेख भए पनि त्यो शर्त उल्लंघन गर्दै प्रतिआना ५० हजार रुपैयाँ बढाएर दोस्रो पटक बैना पत्र तयार गरिएको छ । २०७९ असार २७ गते पहिलो पटक बैना पत्रमा सहमती गरिएको छ भने दोस्रो पल्ट २०७९ चैत ६ गते अर्को बैनापत्र तयार गरिएको छ ।
यसै विषयमा जग्गा विक्रेता चित्रकारलाई सम्पर्क गर्दा उनले आफ्नो हरिलाल श्रेष्ठसँग कुनैै कारोबार नरहेको दाबी गर्दै मोवाइल सम्पर्क विच्छेद गरे । त्यसपछि फोन नै उठाएनन् । म्यासेज पठाउँदा पनि रेस्पोन्सु गरेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन