
चितवन । जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार ३६ हजार ७ सय चारजनालाई लगाउने लक्ष्य रहेकामा भरतपुर महानगरपालिकाका १९ हजार दुई सय ९४ मध्ये १६ हजार २ सय ९८, कालिका नगरपालिकाका २ हजार ३ सय १३ मध्ये दुई हजार,२ सय १३, खैरहनी नगरपालिकाका ३ हजार २ सय ५१ मध्ये एक हजार ९ सय १३ जना बालबालिकालाई खोप लगाइएको छ ।
माडी नगरपालिकाका २ हजार १ सय २९ मध्ये १ हजार ६ सय ५२, रत्ननगर नगरपालिकाका ४ हजार ३ सय ६९ मध्ये ४ हजार १ सय ३, राप्ती नगरपालिकाका ३ हजार ८ सय ५३ मध्ये ३ हजार ९६ र इच्छाकामना गाउँपालिकाका १ हजार ४ सय ७४ मध्ये ९ सय ४६ जना बालबालिकालाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।
खोपअभियानमा ४ सय १२ स्वास्थ्यकर्मी र ७ सय ३१ स्वयंसेवक परिचालन गरिएको थियो । विसं २०७३ वैशाखदेखि २०७५ आसोजसम्म जन्मिएका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन