
पर्वत । पर्वतको जलजला गाउँपालिकाका तीन वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न शुरु भएको छ ।
तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नम्बर २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर ८ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो ।
कार्यालयले २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख ३१ हजार ७ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । योजना पर्याप्त बजेट नभएका कारण निर्धारित मितिभन्दा ३ महिना पर धकेलिएको हो ।
ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नम्बर २ को खाल्टीबाट ४ नम्बर वडाको देवीस्थानसम्म सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्र गर्न शुरु गरेको जिल्ला सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिनुभयो । हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत हाराहारीमा रहेको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीले धमाधम काम गरेपनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालले बताउनुभयो । कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई २ करोड रुपैयाँ भुक्तानी गर्न वाँकी रहेको उहाँ बताउनुहुन्छ । कोइरालाका अनुसार काम गरेअनुसारको भु्क्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्रै योजना सम्पन्न हुने थियोे । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने लक्ष्य छ ।
घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण गरिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन