
तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रूपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको ८ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेडगाउँ सिमानासम्मको ११ किलोमिटर सडकमध्ये ८ किलोमिटर सडक कालोपत्र गरिएको हो । बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्ने तयारी भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो ।
नवलपुरको त्रिवेणीबाट मुस्ताङको कोरोला जोड्ने छोटो दूरीको सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र सम्पन्न भएको छ । ‘पहिलो चरणमा ६ किलोमिटर सडक कालोपत्र गरी दोस्रो चरणको काम अघि बढाइएको छ’ इञ्जिनियर मिश्रले भन्नुभयो– ‘बाँकी सडक छिट्टै कालोपत्र गर्ने योजना अनुरुप काम भइरहेको छ ।
खण्ड स्तरोन्नतिका लागि २०७७ मङ्सिरदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट विनियोजन भएपछि निर्माण कार्य अघि बढाइएको हो । ३५ करोड १४ लाख रुपैयाँको लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख रुपैयाँमा सडक कालोपत्रको ठेक्का पाएको हो ।
कोरोनाको महामारीका कारण निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय प्रमुख कृष्ण आचार्यले बताउनुभयो । उहाँका अनुसार सडकको चौडाइ सात मिटर रहेको छ भने सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन