
चितवन । चितवनको नारायणगढमा महिलाले धुमधामका साथ वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरी पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् ।
विशेषगरी मिथिलाका नारीहरूले मनाउने यो पर्व नारायणगढमा पनि सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने उलेख्य सङ्ख्या रहेको र यहाँका पहाडी समुदायले पनि हर्षोल्लासले पर्व मनाउन साथ दिएसँगै यहाँ यस पर्वको रौनक बढेको हो ।
भरतपुर महानगरपालिका–१० की प्रिती श्रीवास्तवले जेठको आमावस्याका दिन मनाइने यो पर्व विवाहित महिलाहरूको निकै महत्त्वपूर्ण दिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भगवान् सावित्रीले तपस्या गरी आफ्नो श्रीमान्लाई यमराजबाट पनि फिर्ता लिएर आउनुभएको थियो, त्यसैको सम्झनामा श्रीमान्को पनि दीर्घजीवन होस् भनी हामी यो पर्व मनाउँछौँ ।’
वर र पीपलको रुखमा आफूले सकेजति धागोको फेरी लगाएर पूजा सम्पन्न गरी बाँसबाट बनेको पङ्खाले श्रीमान्लाई हम्केर श्रीमान्को हातबाट पानी खाएर मात्र व्रत सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यमराज आउनुभन्दा पहिले नै श्रीमान्को आयु लामो होस्, कुनै पनि कष्ट दुखः नहोस् भनेर हामी यो व्रत बसेका हौँ ।’
नारायणगढकी सुनिता गुप्ताले वटसावित्री पर्व आफूहरुको महान् चाड भएको बताउनुभयो । उहाँले बिहानैदेखि यहाँ आएर वर पीपलको एक सय आठ फेरी लगाइ पूजा आरधाना गरेको बताउनुभयो । श्रीमान्को भलाइका लागि यस चाडले विशेष महत्व राख्ने उहाँको भनाइ छ ।
नारायणगढकै पिङ्की गुप्ता पनि आफ्ना श्रीमान्को लामो आयु र कुशलताको कामना गर्दै यो चाड मनाउन आएको बताउनुहुन्छ । वर र पीपलको फेदमा बाँसबाट निर्मित पङ्खालगायत सम्पूर्ण शृङ्गारका सामग्रीले पूजा गरिने उहाँको भनाइ छ । उहाँले यो चाड महिलाहरूको मात्र भए पनि पुरुषहरूको पनि उत्तिकै भूमिका, साथ र सहयोग हुने बताउनुभयो । आज दिनभर व्रत बसी चोखो खाएर श्रीमान्लाई पङ्खाले हम्कँदै खुवाइ भोलिमात्र व्रत सकिने उहाँले बताउनुभयो ।
रत्तननगर–८ भानुचोककी सरस्वती पौडेलले शनि जयन्ती तथा वटसावित्रीको अवसरमा यहाँ पूजा गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । राम्रो उद्देश्य बोकेको चाड कुनै समुदाय विशेषभन्दा पनि सबैले मनाउँदा शुभफल प्राप्त हुने उहाँको भनाइ छ । उहाँले तराईमूलका दिदीबहिनीसँग मिसिएर पूजा गर्न पाउँदा निकै गर्व लागेको बताउनुभयो ।
तराई समुदाय सेवा समिति नारायणगढका उपसचिव सञ्जयकुमार मिश्रले यो चाड खासगरी वर र पीपलको पूजा गरेर मनाइने बताउनुभयो । महिलाहरूले पतिको दीर्घजीवनको कामनाका साथ यो पर्वले विशेष महत्व राख्ने भन्दै उहाँले नयाँ विवाहित जोडीहरुले यस पर्वमा सँगै बसेर पनि पूजा गर्ने गरेको जानकारी दिनुभयो । चितवनमा आजकाल तराईसँगै अन्य समुदायले पनि यो चाड मनाउने गरेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन