
भक्तपुर । मध्यपुरथिमीमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकारको संरक्षण गर्ने उद्देश्यले दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ ।
मध्यपुरथिमी नगदेशमा शनिबारदेखि आयोजना हुने महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताउनुभयो । नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुरथिमीमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिने, अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारी, कोरियन तरकारीको प्रदर्शन गरिने, गाँजर लगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीयस्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी ‘स्टल’ राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महोत्वसका लागि मध्यपुरथिमी नगरपालिकाको ६ लाख र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको २ लाख गरी ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन