
लमजुङ । ऐतिहासिक पुरानो कोटगढी क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । बेँसीशहर नगरपालिका–४ मा रहेको यस पुरानो कोटगढी तथा शान्ति स्तूप र दृश्यावलोकन स्तम्भ यतिबेला पर्यटकको रोजाइ बन्न थालेको हो ।
यहाँ नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको पुरानो कोटगढी रहेको सो क्षेत्रमा निर्माण भएको उक्त संरचना हेर्न तथा त्यस क्षेत्रबाट विभिन्न स्थान तथा प्राकृतिक दृश्य हेर्नका लागि यतिबेला यस क्षेत्रले पर्यटक लोभ्याइरहेको छ ।
स्थानीय कविन्द्र गुरुङले यहाँ पर्यटकका लागि उपयुक्त स्थान र इतिहासको संरचना हेर्नका लागि राम्रो ठाउँ भएकाले पनि पर्यटक लोभिने गरेको बताउनुभयो । दैनिक दुई सय जनाको हाराहारीमा पर्यटक आउने र शुक्रबार तथा बिदाको समयमा दोब्बर पर्यटक आगमन हुने गरेको उहाँको भनाइ छ ।
नेपालका विभिन्न जिल्लादेखि पर्यटक उक्त स्थानमा आउने गरेका छन् । त्यस स्थानमा बेँसीसहर–३ काउँलेपानी घरवासमा आउने पर्यटकसमेत बेलुका घरवासमा बसेर बिहानै त्यस स्थानमा पुगेर फर्किने गरेको घरवास सञ्चालकसमेत रहेका स्थानीय गुरुङले बताउनुभयो ।
यहाँ आउने पर्यटक अवलोकन गर्नुका साथै, सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउँदै रमाउने गर्दछन् । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा गत वर्ष शान्ति स्तूप तथा दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएयता पर्यटकको चहलपहल हुन थालेको हो । सो अघि नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको पुरानो कोटगढीबाट विभिन्न प्राकृतिक दृश्य देखिने भए पनि पर्यटक आगमन भने हुन सकेको थिएनन् ।
नगरपालिकाका अनुसार १ करोड ४९ लाख रुपैयाँ नगरपालिका र २ करोड ७७ लाख रुपैयाँ पर्यटन मन्त्रालयको गरी ४ करोड २६ लाख रुपैयाँँमा शान्ति स्तुपासहितको स्तम्भ निर्माण गरिएको थियो । स्तम्भबाट काठमाडौँको थानकोट डाँडा, चितवनको मुग्लिनमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाका केही भाग देख्न सकिने स्थानीयको भनाइ छ ।
साथै मनास्लु दक्षिण, बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चाँैथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, च्ये हिमाल, डाक्टर हर्कपिकलगायत दर्जनौँ हिमशृङ्खला साथै सूर्योदयको मनोमोहक दृश्यसमेत देख्न सकिन्छ ।
त्यस स्थानमा त्यो बेलाका राजाले पूजा गर्ने मौलाकालिका मन्दिर समेत रहेको छ । पुरानो कोटगढी यतिबेला भग्नावशेष अवस्थामा रहेको छ । शाह राजाको पुरानो कोटगढी रहेकाले यो स्थान विषेश महत्वपूर्ण भएकाले यसको प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्नका लागिसमेत स्तूपा तथा दृश्यावलोकन स्तम्भले मद्दत पुगेको नगर प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
शान्ति स्तूपा विषेश गरी बौद्ध धर्मलम्बीको आस्थासँग जोडिएको भए पनि सबैको आस्था तथा गन्तव्य बनेको छ । यस संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्वायर मिटर रहेको बताइएको छ । त्यो स्तुपा तथा दृश्यावलोकन स्तम्भसम्मै पुग्नलाई २१ लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ । बेँसीशहर बजारदेखि लमजुङ दरबार, काउँलेपानी घरवास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीशहरबाट १६ किलोमिटरको दूरीमा स्तम्भ रहेको छ । बेँसीशहरदेखि सवारी साधन र हिँडेर समेत त्यस स्थानसम्म पुग्न सकिन्छ ।
त्यस स्थानसम्म पुग्न सडक अझै गुणस्तरीय बनाएर पर्यटकलाई सहज बनाउनेतर्फ नगरपालिकाको ध्यान केन्द्रित भएको नगर प्रमुख अर्यालको भनाइ छ । नगरपालिकाले यस्ता पर्यटकीय क्षेत्र र धार्मिक ऐतिहासिक स्थानलाई प्राथमिकतामा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै